बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्थानीय र पश्चिमी वायुको प्रभाव : आज यी स्थानमा भारी वर्षाको सम्भावना

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी, मधेश, लुम्बिनी, कर्णालीलगायत भू-भागमा बदली भइरहेको छ ।

त्यस्तै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज पहाडी भू-भागका केही स्थानका साथै तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्नेछ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ ।

त्यस्तै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्ष हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ ।