काठमाडौं । आज बिहान ११ बजे बस्ने गरी बोलाइएके प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक अनिश्चित भएको हो ।
संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटी नसकेका कारण बैठक बस्न ढिलो भएको हो ।
नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् ।
विपक्षीको आग्रहपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।