काठमाडौं । नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् ।
नवौं जिल्ला अधिवेशनमा मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गएराति सम्पन्न मतगणना अनुसार देउजा २९० मतसहित अध्यक्षमा विजयी हुँदा श्रेष्ठले २०१ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा किरण थापा २६२ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी बासुदेव थापाले २२९ मत प्राप्त गरे ।
सचिवमा विष्णु तामाङ २७५ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी शम्भु दाहालले २१६ मत प्राप्त गरे ।
यस्तै, उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित भएका छन् ।