काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
संसद सुचारुका लागि सहमति खोज्न प्रचण्डले साँझ ६ बजे बोलाएको निकट स्रोतले बतायो ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडान राख्दै आएको छ । सत्तारुढ दल व्यक्ति केन्द्रीत गरे छानबिन समिति बनाउन नसकिने, समग्र सहकारी ठगीका लागि छानबिन समिति बनाउइन सकिने बताउँदै आएको छ ।
तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ। रास्वपाले अब संसदीय समिति बन्न नसक्ने बताएको छ ।