बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिहीबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुख : कांग्रेस

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद्‌ अगाडि बढाउन खोज्नु गलत भएको बताएको छ ।

साथै कांग्रेसले संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकको बैठकबार जानकारी दिँदै प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको बताए ।

नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्तापक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरित भएको समेत बताए ।