काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमतिबाट पछि हटेको आरोप लागएको छ ।
रास्वपा नेता शिशिर खनालले संसद्को गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप भएको कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समझदारीबाट कांग्रेस पछि हटेको आरोप लगाएका हुन् ।
बिहीबार संसद बैठक अघि दुई पार्टीका नेताबीच ‘मोटो सहमति’ भएको र त्यसबाट कांग्रेस ब्याक भएको उनले बताए ।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।
बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि कांग्रेसले नाराबाजीसहित गृहमन्त्रीलाई रोष्टममा जान नदिएपछि लामिछाने बोल्न पाएनन्।
शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको हो।
कांग्रेससँग लामिछानेमाथि संसद लागेको आरोपबारे कम्तीमा पनि पार्टी सभापति तथा गृहमन्त्रीले बोल्न पाउनपर्छ हाम्रो न्यूनतम अडान रहेको खनालले प्रष्ट पारे। उनले संसदीय छानबिन समिति बनाउन रास्वपा तयार रहेको उल्लेख गरे। सहमति अनुसार अगाडि बढ्न सकेको भए बिहीबार धकालाधकेलको परिस्थिति नपुग्ने अवस्था रहेको उनको भनाई छ।
उनले समाधानमुखी बाटोमा भन्दा पनि ‘इगो’ को बाटोमा कांग्रेस गएको बताए।
खनालका अनुसार रास्वपा सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा:
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।
२. विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने।
३ .अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।