बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

राष्ट्रियसभा बैठकमा काँग्रेसको अवरोध

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग राखेको नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। बिहीबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका सांसद्हरु आसनबाट उठेर विरोध गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले कांग्रेस सांसदहरूलाई आसनमा बस्न आग्रह गरेपनि बिरोध जारी राख्दा अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै निरन्तर सदन अवरोध गर्दै आएको छ।