काठमाडौं । नेपाली काँग्रसले संसद् बैठक अवरोध जारी राख्ने भएको छ। काँग्रेसले भने अनुरुप संसदीय छानविन समिति गठन गर्न सत्तारुढ दलहरु(सरकार) तयार नभएपछि आजको बैठक पनि अवरोध गर्ने भएको हो ।
काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दबाब दिँदै संसद बैठक निरन्तर अवरोध गरीरहेको छ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो ।