शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा झिनो अंकले बृद्धि

कारोबार रकम चार अर्ब २३ करोड नाघ्यो

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन नौं दशमलव ५४ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव ७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २७ अंकले बढेर तीन सय ५८ दशमलव ३७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५७ हजार दुई सय १८ पटकको कारोबारमा ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक एक सय ६६ दशमलव ३३ अंकले बढेर चार हजार पाँच सय ३६ दशमलव ९७ अंकमा पुगेकोमा अन्य समुहको सुचक पनि तीन दशमलव ५५ अंकले बढेर १६ सय १५ दशमलव ७१ अंकमा पुगेको छ । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव ३२ अंकले घटेर एक हजार ५१ दशमलव ४१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४४ दशमलव ४८ अंकले घटेर चार हजार ७७ दशमलव २९ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि ३१ दशमलव १६ अंकले घटेर २१ सय तीन दशमलव ७५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १० दशमलव ९६ अंकले घटेर २४ सय १५ दशमलव २७ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ६८ अंकले घटेर नौं हजार नौं सय ९६ दशमलव २९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि ९१ दशमलव ९२ अंकले घटेर १० हजार छ सय १८ दशमलव ४० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक,, सामुहिक लगानी कोष र व्यापार समुहको सुुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माण्डु हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ