बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रभा एलुम्नाइद्वारा सहयोग रकम हस्तान्तरण

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । आर्थिक अवस्था नाजुक रहेका बालदिप गिरीलाई प्रभा एलुम्नाइले सहयोग रकम हस्तान्तरण गरेको छ । काभ्रे जिल्ला, चौँरीदेउराली गाउँपालिका स्थित प्रभा मा.वि. मा अध्ययन गरेका बालदिपलाई सोहि बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाइद्वारा रु ५०२०८८ सहयोग गरेको हो।

सृजनशील मा.वि. मा विज्ञान बिषय अध्यापन गराउने बालदिप राज गिरीको दोश्रोपटक ओपन हार्ट सर्जरी पश्चात मस्तिष्कमा रगत जम्न गई अपरेसन गरिएको थियो । जसको लागी धेरै रकम लागेको थियो । पारिवारिक स्रोतका अनुसार गिरीको उपचारमा हालसम्म ५० लाख हाराहारी खर्च भइसकेको छ। गिरीलाई एक महिना भन्दा बढी मेडिसिटी अस्पतालमा उपचार गराइ हाल वीर अस्पतालमा सारीएको छ।

गिरीको उपचारमा सहयोग पुग्ने उदेश्यले प्रभा एलुम्नाइ एसोसिएसनले बालदिप गिरी बचाऔँ अभियान सञ्चालन गरेको थियो । प्रभा मा वि का विभिन्न एसएलसी ब्याचका पूर्व विद्यार्थीहरु तथा शुभचिन्तक एबम् सहयोगीहरू मनहरुले अभियान संयोजक कोशिका चौलागाईंको खातामा रकम पठाएका थिए।

नेपालकै चर्चित एबम् लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पुगेर एलुम्नाइ अध्यक्ष गोकुल गौतम, सहयोग संकलन समिति संयोजक कोशिका चौलागाईं, वडा अध्यक्ष किशोर राज गिरी, संस्थापक महासचिव जीतराम लामा , वीणा श्रेष्ठ , नारायण गौतम लगायत एलुम्नाइ सदस्यहरूको उपस्थितिमा गिरीको धर्मपत्नी सरिता पूरीलाई सहयोग रकम हस्तान्तरण गरीएको थियो।

हस्तान्तरण कार्यक्रममा बोल्दै एलुम्नाइ अध्यक्ष गोकुल गौतमले सहयोग संकलन अभियानमा सहयोग गर्नुहुने देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई आभार एबम् धन्यवाद प्रकट गर्दै थप सहयोगको लागि अपिल समेत गरेका छन्।

कार्यक्रममा वडा अध्यक्ष किशोर राज गिरीले कार्यक्रम इन्द्रेणीको उच्च प्रशंसा गर्दै बालदिप गिरी बचाऔँ अभियानमा साथ सहयोग र समर्थन रहने बताँए । उनले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अभियान सञ्चालनको लागि प्रभा एलुम्नाइ एसोसिएसनको प्रशंसा गरेँ।

त्यसैगरी प्रभा मा वि का पूर्व शिक्षक एबम् प्रभा बहुमुखी क्याम्पसका संस्थापक क्यम्पस प्रमुख चूडा प्रसाद चौलागाईंले कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र सहयोग पुर्याउनुहुने सबैप्रति आभार व्यक्त गरेका थिए।

अभियानकै क्रममा कार्यक्रम इन्द्रेणी बाट रु २५०००, उपस्थित दर्शक मध्येबाट रु १९००० सहित ४४००० समेत सरिता पुरिलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम इन्द्रेणीसँग संपर्क र समन्वय गर्न इन्द्रेणी कलाकार युवराज चौलागाईंले अहम भूमिका खेलेका थिए।