शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ ।

बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्यलगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

हिजो बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ ।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत दिन ह्विप लगाएको बताए । उनले विश्वासको मत दिने र सरकार बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको बताए ।