काठमाडौं। बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान० ले निलम्बन फुकुवा गरेको छ ।
उच्च अदालतबाट सफाइ पाएसँगै क्यानले उनलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी समेत थालेको छ ।
आज साँझ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ -सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ ।
