काठमाडौं । आईसीसीले जारी गरेको नयाँ वरीयता अनुसार दीपेन्द्रसिंह ऐरी अलराउण्डरतर्फ १० औं स्थानमा उक्लिएका छन्। यसअघिको वरीयतामा दीपेन्द्र एक स्थान तल रहेको थिए ।
पाकिस्तानका सदाब खान, इमाद वसिम, अस्ट्रेलियाका मिचेल मार्स र ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका जासन होल्डर र रोमारियो सेफर्डजस्ता प्रभावशाली खेलाडीलाई दीपेन्द्रले पछाडि पारेका छन् ।
दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।
टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।
टी–२० को बलिङको वरीयतामा सोमपाल कामी ९२ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत् छन् ।
रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी २० आई वरीयतामा १७ औं स्थानमा छ ।