शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक

नौं अंकले घट्दा तीन अर्ब ७० करोडको सेयर किनबेच

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन २८ दशमलव ६२ अंकले बढेको नेप्से आज बुधबार भने नौं दशमलव ५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५८ दशमलव शुन्य नौं अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५५ हजार आठ सय ६२ पटकको कारोबारमा ८४ लाख ९० हजार सात सय २२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये उत्पादनमुलक समुहको सुुचक ८९ दशमलव ६६ अंकले बढेर छ हजार चार सय ५२ दशमलव ८८ अंकमा चढेकोमा सामुहिक लगानी कोष र व्यापार समुहको सुुचक पनि क्रमशः शुन्य दशमलव शुन्य तीन र ३१ दशमलव ४० अंकले बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ७९ अंकले घटेर एक हजार ५३ दशमलव ८४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३९ दशमलव ९९ अंकले घटेर चार हजार एक सय २१ दशमलव ७८ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि आठ दशमलव १५ अंकले घटेर २१ सय ३४ दशमलव ८९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि १९ दशमलव ६४ अंकले घटेर २४ सय २६ दशमलव २४ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि १९ दशमलव १८ अंकले घटेर १० हजार ४६ दशमलव शुन्य छ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ३३ अंकले घटेर १० हजार सात सय १० दशमलव ३३ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ।