काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन्।
आज पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन्।
गिरिबन्धु टि स्टेटका विषयमा कांग्रेसले आफ्नो नाम जोडेकोप्रति आक्रोश पोखेका छन्।
अध्यक्ष ओलि भनेँ,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विगाह, एक पटक १९ विगाह कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
ओलिले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरे । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी समेत दिँए।
अध्यक्ष ओलीले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताँए।
कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताउँदै अध्यक्ष ओलीले भने, ‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ? ’
अध्यक्ष ओलीले कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप लगाउँदै हिँडेको बताएका छन्।