काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जोडिएको बलात्कार मुद्दामा आज फैसला हुँदैछ । उच्च अदालत पाटनमा सो मुद्दामाथि सुनुवाई जारी छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा सन्दीपको मुद्दामा सुनुवाई जारी छ । सो मुद्दामा आजै फैसला आउँदैछ । मंगलबार बहस नसकिएपछि मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो ।
यसैबीच उच्च अदालतबाहिर र आसपास क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतबाहिर सन्दीपका समर्थकको भीड लागेको छ। सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर आज उनीहरु लगायत पत्रकारलाई समेत अदालत प्रवेशमा रोक लगाइएको छ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।