बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

द्वन्द्व प्रभावित परिवारका युवाको शिक्षा,स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ : उपाध्यक्ष बस्नेत

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सहिद, वेपत्ता तथा द्वन्द्व प्रभावित परिवारका युवाको शिक्षा, स्वास्थ्य र रोजगारीको सम्पुर्ण जिम्मा राज्यले लिनुपर्ने वताएका छन्।

बस्नेतले दिगो शान्तिको सुनिश्चितताका लागि द्वन्द्वका घाउ पुर्नु अनिवार्य भएको जिकिर गरे।

राष्ट्रिय युवा परिषदले सहिद तथा द्वन्द्व प्रभावित युवाको नेतृत्व विकास र क्षमता अभिवृध्दिका लागि दोलखाको सहिद स्मृति माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा बस्नेतले सो धारणा राखेका हुन्।

द्वन्द्व प्रभावित तथा सिमान्तकृत समुदायका ५० जना युवाको सहभागितामा सञ्चालित कार्यक्रम दुईदिनसम्म चलेको थियो।