बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार हाल वतन नखुलेका करिब २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सडकमा बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लाल बहादुर बोहराको छोरा ९ वर्षीय युवराज बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ पर्ती टोलस्थित सडक छेउमा राकी राखेको ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश २–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–९ बेला बस्ने २८ वर्षीय संजित साहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

दाङको घोराही उपमहानगरपालिका–१३ हेलो टावरस्थित सडकमा रा.५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक रोल्पा रून्टीगढी गाउँपालिका–५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।