शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपीएलमा आज : पञ्जाबलाई हराउँदै दोश्रो स्थान पक्का गर्ने राजस्थानलाई अवसर

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेट प्रतियोगितामा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स भिड्दैछन्। आजको खेल जिते राजस्थान दोश्रो स्थानमा रहने पक्का हुनेछ।  खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ६५ औं खेल हो।

राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उता पञ्जाब तालिकाको पुछारमा १० औँ स्थानमा छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ।

यी दुई टोलीबिच अहिलेसम्म २७ वटा आईपीएल खेल भइसकेका छन् । जसमध्ये राजस्थानले १७ जित हात पारेको छ भने पञ्जाबले ११ खेल जितेको छ।

जारी सिजनको आईपिएलमा यी दुई टोलि दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो।