बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका–१ को भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र यादवले जानकारी दिए।

घाइतेको उद्धार गरेर थप उपचारका लागि चरिकोट अस्पताल पठाइएको छ । घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ।

उनीहरू मलामी जाँदै गर्दा गाडी दुर्घटनामा परेको थियो ।