काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेले जनाएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।