बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अब मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । सरकारले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट नै गर्ने कार्यक्रम बनाएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत तथा नापीसम्बन्धी सेवा अब स्थानीय तहबाटै गर्ने बताए ।

उनले भने, ‘घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनात्मक सुधार गरिनेछ । मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरू स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइनेछ । नापीनक्सासम्बन्धी कार्यलाई थप प्रविधियुक्त तथा व्यवस्थित बनाइनेछ । डाइनामिक डाटअप भरिभाषित गरी नापीनक्सा कार्यलाई यथार्थपरक बनाइनेछ । सेटलाइट प्रविधिमा आधारित नियन्त्रण आधार विन्दुहरूको सञ्जाल विस्तार गरिनेछ । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ । भूमिको प्रकृति र सम्भावनाअनुरूप तीन तहको वर्गीकरण गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाइनेछ ।’

उनले घरजग्गा कारोबार पनि व्यवस्थित गरिने बताए । यस्तै राष्ट्रपति चुरे कार्यक्रम म पनि प्रभावकारी बनाउने बताए ।मालपोत र नापी सेवा जिल्ला प्रशासन कार्यालयबाट मात्र उपलब्ध हुने गरेको थियो ।