शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुई हजार अंकबाट उक्लियो नेप्से

२८ अंकले बढ्दा चार अर्ब आठ करोडको सेयर किनबेच

मंगलबार, जेष्ठ १ २०८१

काठमाडौं । नेप्से दुई हजार अंकबाट माथि चढेको छ । अघिल्लो दिन २४ दशमलव ३९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६० अंकले बढेर तीन सय ६० दशमलव २६ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५९ हजार आठ सय ५६ पटकको कारोबारमा ९८ लाख ५५ हजार दुई सय ८५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब आठ करोड ८८ लाख ५३ हजार छ सय ६४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक दुई दशमलव ६५ अंकले बढेर एक हजार ५९ दशमलव ५३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५९ दशमलव २० अंकले बढेर चार हजार एक सय ६१ दशमलव ७७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि छ दशमलव ४३ अंकले बढेर २१ सय ४३ दशमलव शुन्य चार अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ७६ दशमलव ३३ अंकले बढेर २४ सय ४५ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ८५ अंकले बढेर १० हजार ६५ दशमलव २४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव शुन्य दुई अंकले बढेर १० हजार सात सय ४७ दशमलव ६६ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ ।