बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने, छलफल गर्न नदिने

मंगलबार, जेष्ठ १ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल बैठक बसेकाे छ।

मंगलबार बिहान १० बजेदेखि संसदीय दल बैठक दल कार्यालय सिंहदरबारमा बसेको हो।

बैठकमा मुख्यगरी सदनमा गरेको अवरोधबारे छलफल हुनेछ। छलफल जारी छ ।

जारी छलफलबारे कांग्रेसका एक नेताका अनुसार सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । उनका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाउने लगभग निश्चित जस्तै भएको छ ।

मंगलबार अपराह्न ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।