काठमाडौं । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन्। यादवलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका हुन्।
स्वाथ्यमन्त्रीमा नियुक्त गरेलगत्तै शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।
आजै जसपा नेपालका अध्यक्षसमेत रहनुभएको उपप्रधान एव स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
जसपा नेपाल विभाजनपछि यादव अशोककुमार राई नेतृत्वको जसपामा छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ ।