काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश सभा समक्ष विश्वासको मत लिएका थिए ।
प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । उनको पक्षमा एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका थिए । ५ मत तटस्थमा परेको छ ।
आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।
कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी सभामुखसहित का ६, नेकपा एकीकृत समाजवादी का ४ र जसपाका १ जना सांसद छन् ।