बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सभामुख घिमिरे र अध्यक्ष दाहालबिच भेटवार्ता

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ। जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफलका लागि भेटवार्ता भएको हो।

मंगलबार बस्ने दुवै सदनको संयुक्त बैठकमा अपराहन्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को अवरोध कायम गर्ने अडान कायम राखेका कारण मंगलबारको बैठक अन्योलमा परेको छ।

कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संसदीय समितिको गठन आफुहरुको बटमलाइन भएको निर्णय गरेको छ र प्रधानमन्त्रीलाई आजसम्म संसदीय समिति गठनको अल्टिमेटम समेत दिएको छ।