कञ्चनपुर । भिमदत्त नगरपालिका–५ बनखेतस्थित शंकर दत्त भट्टको हाईवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।