काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज प्लेअफमा पुगिसकेको कोलकाताबिरुद्ध गुजरात भिड्दैछ। खेल गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।
जारी सिजनको आईपिएलमा आजको ६३ औं खेल हो।
आजको खेल गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स दुवैको सिजनको १३ औँ खेल हुनेछ। कोलकाताले १२ मध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो। अर्कोतर्फ १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अङ्कसहित ८ नम्बरमा छ ।
आईपीएलमा चौथो पटक टाइटन्स र नाइट राइडर्स भिड्दैछन् । यी दुईबिच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो ।