शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

असार १४देखि ‘कमेडी दरबार’

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेदेखि प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।

आइतबार फष्टलुक टिजर सार्वजनिक गरिएको थियो । जसमा कमेडी दरबारका कलाकारहरूको लुक्स देखाइको छ । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषि धमलालगायतले शुभकामना दिएका थिए। कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ विकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो ।

कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै हुनुहुन्छ । कार्यक्रममा अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पवित्रा शाकी मिस पविसँगै कमेडीयन हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाललगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए।

शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन्। शोको क्रिएटिभ प्रमुखमा विकाश अर्याल हुनुहुन्छ भने प्रोडक्सनमा रहेका छन्।