बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

आइतबार, बैशाख ३० २०८१

धनगढी । नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसर्मपण गरेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीकाअनुसार उनलाई जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनी नेपाल आइडल सिजन २ का विजेता हुन् ।