काठमाडौं । प्रतिनिधि सभा बैठक आउँदो जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।
शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक ज्येष्ठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा नेपाली काँग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरूले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।