काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनीहरु हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।
केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।