शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

बिहिबार, बैशाख २७ २०८१

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

कार्कीलाई बिहीबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को ९५० अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।