गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने/नदिनेबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
शुक्रबार बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्न भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा छानविन समितिको माग राख्दै आएको छ ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहकारीको अनियमितताका सन्दर्भमा संसदीय छानबिन हुनुपर्ने निर्णय गरेको छ। कांग्रेसले कुनै व्यक्ति विशेषलाई उन्मुक्ति दिने अभिप्रायले समिति गठन नगर्ने भन्ने कुरा सम्भव नभएको ठहर गरेको छ।
बैठकलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउँ भन्दै सभामुखलाई बुझाएको पत्रबारे प्रमुख सचेतकले जानकारी गराएका थिए । त्यसबारे आज बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने भनिएको छ ।