बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

बिहिबार, बैशाख २७ २०८१

काठमाडौं । सर्वोच्च अदालनमा गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत गर्दा पनि सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए ।

यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।

यसैबीच नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदा संविधानको अपव्याख्या गरेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असंवैधानिक कदमविरुद्ध न्याय खोज्ने निर्णय गरेको हाे ।