बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज यी स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

बिहिबार, बैशाख २७ २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।