काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार शुन्य दशमलव २१ अंकले घटेर १९ सय ६० दशमलव ६० अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले घटेर तीन सय ४९ दशमलव ४० अंकमा झरेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४१ हजार एक सय ३७ पटकको कारोबारमा ५८ लाख ७४ हजार नौं सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख २० हजार आठ सय २५ रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ६४ दशमलव ८६ अंकले बढेर २१ सय ४५ दशमलव २५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव ५० अंकले बढेर २३ सय ४७ दशमलव १३ अंकमा पुगेको छ। यसैगरी लघुवित्त र व्यापार समुहको सुचक पनि आज बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने आज दुई दशमलव ६१ अंकले घटेर एक हजार १४ दशमलव ७९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि छ दशमलव ९० अंकले घटेर चार हजार १६ दशमलव ५८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ६१ अंकले घटेर नौं हजार सात सय ९४ दशमलव ४४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव १८ अंकले घटेर १० हजार दुई सय ७० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी सवल योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ।