शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपीएलमा आज : दिल्ली क्यापिटल्सबिरुद्ध राजस्थान रोयल्स

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबिच हुनेछ। खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ५६ औं खेल हो । आजको खेल राजस्थान रोयल्सको ११औँ र दिल्ली क्यापिटल्स १२औँ खेल हो।

राजस्थान रोयल्सले यसअघि खेलिएको १० मध्ये ८ खेलमा जित र दुई खेलमा हारको नतिजा निकोलेको छ । राजस्थान १२ अंक जोड्दै तालिकाको दोश्रो स्थानमा छ ।

अर्कोतिर, दिल्ली क्यापिटले यसअघि खेलिएको ११ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १० अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

इन्डियन प्रिमियर लिगमा हालसम्म राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच हालसम्म कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा राजस्थानले दिल्लीलाई हराएको छ । बाँकी १३ खेलमा भने दिल्लीले राजस्थानलाई पराजित गरेको छ ।

जारी सिजनको आईपीएलमा दिल्ली र राजस्थानबिच हुने आजको खेल दोस्रो खेल हो । यसअघि खेलिएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको थियो ।