शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा दोहोरो अंकले गिरावट

झण्डै तीन अर्बको सेयर किनबेच

सोमबार, बैशाख २४ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २४ दशमलव ५८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १५ दशमलव ६२ अंकले घटेर १९ सय ५८ दशमल ७५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले घटेर तीन सय ४७ दशमलव ८० अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४८ हजार सात सय नौ पटकको कारोबारमा ६९ लाख ७८ हजार तीन सय २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८९ करोड १३ लाख १९ हजार नौं सय ७९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बिकास बैंक समुहको सुचक नौं दशमलव ३३ अंकले बढेर चार हजार १० दशमलव ६८ अंकमा चढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ४९ अंकले घटेर एक हजार १८ दशमलव २७ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ४२ दशमलव १४ अंकले घटेर २१ सय एक दशमलव ९८ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि १० दशमलव ६५ अंकले घटेर २३ सय ५७ दशमलव ११ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव शुन्य पाँच अंकले घटेर नौं हजार आठ सय ६२ दशमलव २७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव ६० अंकले घटेर १० हजार दुई सय ९० दशमलव ५१ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ समुहहरुको सुचक पनि घटेका छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो सथानमा पोखरा फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनी परेको छ ।