बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजेट निर्माण सम्बन्धमा माओवादीसम्बद्ध डेढ दर्जन विभागले दिए अर्थमन्त्रीलाई सुझाव

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनले आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरेका छन्।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक, सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

अर्थमन्त्री पुनले सहभागितामूलक रुपमा बजेट निर्माण गरिने बताएका थिए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाएका छन् ।