काठमाडौं । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा मुख खोलेकी छन् ।
लामिछानेको मुद्दा सुनुवाइमा आलटाल भएपछि गायिका रिमाले दोषि भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।
आइतबार पेशी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सोही कुरामा चिन्त नबुझाउँदै गायिका रिमालले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।
गायिका रिमाल क्रिकेटप्रति निक्कै रुची राख्ने गर्छिन् । काठमाडौंमा भएका नेपालका हरेक खेल हेर्न उनी प्राय: पुगिकी हुन्छिन् ।
पाटन उच्च अदालतमा आइतबार सन्दीपको मुद्दाको पेसी थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । प्रत्यर्थीहरू झिकाउने आदेश दिने न्यायाधीशकै बेञ्चमा सो मुद्दा परेपछि हेर्न नमिल्ने आदेश भएको हो ।
मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।