काठमाडौं । रूपन्देहीको बुटवल उपहानगरपालिका–२ डेरा गरी बस्ने सुर्खेत गंगा नगरपालिका–१ माथिल्लो भर्या्ङ घर भएका ५० वर्षीय चन्द्र बहादुर बूढा रूपन्देही देवदह नगरपालिका–१० चरङ्गे जङ्गलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, सिलिचोंङ गाउँपालिका–१ बेतनी बस्नो ६० वर्षीया गन्जी माया राई सोही ठाउँस्थित बेतिनी खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । वैशाख १६ गते देखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । मोरङको सुन्दर हरैचा नगरपालिका–१० बागझोरा लोहन्द्रा केराबारी साझेदारी वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ पेलदान खर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । दोलखाको जिरी नगरपालिका–९ ठुलोपातल घर भई गौरीशंकर गाउँपालिका–५ सुम्नास्थित छोरीको घरमा बस्दै आएका ६० वर्य रत्न बहादुर सुनुवार सोही ठाउँस्थित गुरूम्फी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानी रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।