शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अल वेहडामाथि अल नासर ६–० ले विजयी, रोनाल्डोको ह्याट्रिक

आइतबार, बैशाख २३ २०८१

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६–० गोल अन्तरले अपराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन्।

योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।