काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । कोलकाताबिरुद्धको खेलमा हारको नतिजाले मुम्बई उपाधि यात्राबाट बाहिरिने छ। आजको खेल मुम्बईको घरेलु मैदान वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपिएलमा आजको ५१ औं खेल हो । आजको खेल मुम्बईको ११ औं खेल हो भने कोलकाताको १० औं खेल हो ।
कोलकाताले यसअघि खेलेको ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्दै १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मुम्बईले भने तीन खेलमा मात्र जित र सात खेलमा हारको नतिजा निकालेर ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।
इन्डियन प्रिमियर लिगमा कोलकाता र मुम्बईबिच हालसम्म ३२ खेल खेलिएको छ । त्यसमध्ये २३ खेलमा मुम्बईले कोलकातालाई हराएको छ । १० खेलमा कोलकाता विजय भएको छ ।
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स पहिलो पटक भिड्न लागेका हुन् ।