शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या

बिहिबार, बैशाख २० २०८१

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। केही इन्टरनेट सेवा प्रदायकको सेवा नै बन्द भएको छ भने केहीको एकदैम सुस्त चलेको छ ।

प्रयोगकर्ताहरूले विभिन्न स्थानहरूमा इन्टरनेट सेवा डाउन अर्थात् नचलेको गुनासो सामाजिक सञ्जालहरूमा पोखिरहेका छन् ।

नेपालका इन्टरनेट सेवाप्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्यान्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए । सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको उनीहरूको भनाइ छ ।

नेपालका अधिकांश इन्टरनेट सेवाप्रदायक संस्थाहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क विगत १० आर्थिक वर्षदेखि राज्यलाई बुझाएका छैनन् । सञ्चार मन्त्रालयले सो रकम भुक्तानी गर्न उनीहरूलाई ताकेता गरेको थियो ।

इन्टरनेट सेवा प्रदायक संघ आइस्पान ले यसअघि जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी समेत दिएको थियो।