काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच हुनेछ । जारी सिजनमा राजस्थानले ८ खेलमा जित हात पार्दै अंक तालिको पहिलो स्थानमा रहेको छ । आजको खेल हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपिएलमा आजको ५० औं खेल हो । यो सिजनको आईपीएलमा आजको खेल दुबै टिमको १० औं खेल हो ।
राजस्थानले यसअघि खेलेको अन्तिम ९ मध्ये ८ खेलमा जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । हैदराबादले भने ९ मध्ये ५ खेलमा जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ ।
इन्डियन प्रिमियर लिगमा हैदराबाद र राजस्थान रोयल्सबिच हालसम्म १८ खेल खेलिएको छ । त्यसमध्ये ९ खेलमा हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । ९ खेलमा नै राजस्थान रोयल्स विजय भएको छ ।
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स पहिलो पटक भिड्न लागेका हुन् ।