शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जोनसनको शतकमा नेपालबिरुद्ध वेष्टइण्डिज ए को जित

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । जोनसन चार्सको शतकमा नेपालबिरुद्ध वेष्टइण्डिज ए ले जित निकालेको छ । आज भएको खेलमा नेपाललाई वेष्टइण्डिज ए ले ७६ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका हुन् ।

नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

जवाफि ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।

वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।

यो जितपछि वेस्ट इन्डिज ए ले  ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।