बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अस्ट्रेलियाले गर्यो टी–२० विश्वकप खेल्ने खेलाडीको घोषणा

बुधबार, बैशाख १९ २०८१

काठमाडौँ । अस्ट्रेलियाले आगामी टी–२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो टिमको घोषणा गरेको हो ।

विश्वकपका लागि घोषित अस्ट्रेलियन टोलीमा मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलियालाई उपाधि जित्ने प्रबल दाबेदारको रुपमा हेरिएको छ ।