शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भारतले गर्यो टी–२० विश्वकप खेल्ने खेलाडीको घोषणा

मंगलबार, बैशाख १८ २०८१

काठमाडौँ । भारतले आगामी टी–२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भारतले आफ्नो टिमको घोषणा गरेको हो ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादब, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादब, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

टोलीमा शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई रिजर्व खेलाडीका रुपमा स्थान दिइएको छ । आगामी विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका रहेको छ । भारतले पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्ने छ ।